नेपालीज / Nepali

अनेक ग्राहकहरु

सांस्कृतिक रुपले विभिन्न ग्राहकहरुलाई जोड्दै

अंग्रेजीभन्दा भिन्न अरु भाषामा WaterCare सम्बन्धी जानकारी प्राप्त गर्न, तलको सूची प्रयोग गर्नुहोस् ।
ग्रिक, अरबी, क्यान्टोनिस, मान्डारिन, बर्मेली (५ वटा उपभाषा– करेन, चिन हाखा, चिन फालाम, जोमी र मिजो), भियातनामी, हिन्दी, असिरियन, दारी, नेपाली, पर्सियन, सोमाली, सुडानी अरबी, टर्किस र इटालियन ।

WaterCare का बारे

पानीको बिलमाथि नियन्त्रण गर्नुहोस्

पानी तथा ढलनिकासको बिल भुक्तानी गर्न तपाईंलाई सहयोग आवश्यक छ? WaterCare तपाईंको लागि नियन्त्रित बाटो पहिल्याउनका लागि निर्माण गरिएको हो ।

Yarra Valley Water को पहलका रुपमा, WaterCare ले पानी र ढलनिकासको बिललाई व्यवस्थापन गर्न सहयोग गर्ने सहायता कार्यक्रम, समाधानका उपाय तथा सेवाहरु प्रदान गर्दछ– वर्तमान र भविष्यमा पनि । तपाईंका लागि उत्तम हुने कार्यक्रम पत्ता लगाउनुहोस् ।

Yarra Valley Water मा, हामीलाई थाहा छ घरायसी प्रयोजनको बिलहरुमा आएको वृद्धिले तपाईंको घरपरिवार ठूलो प्रभाव पार्न सक्छ । यसैकारणले नै हो हामीले WaterCare को विकास गरेको ।

यसले हाम्रा सबै सहायता कार्यक्रमहरुलाई एउटै थलोमा उपलब्ध गराउँछ ताकि पानीको बिललाई नियन्त्रण गर्न तपाईं सजिलै आफूलाई उपयुक्त हुने समाधान पत्ता लगाउन सक्नुहुन्छ ।

आफ्ना लागि समाधान खोज्नुहोस् ।


तलका लिङ्क थिचेर तपाईं आफ्नो घरको गोपनीय अवस्थामा WaterCare का कार्यक्रमहरुका बारेमा जानकारी लिनुहोस् । हामीले कसरी सहयोग गर्छौं भन्ने थाहा पाएर तपाईं अचम्भित हुन सक्नु हुन्छ ।

के तपाईं
• ऋणमा हुनुहुन्छ?
• पानीको बिलको प्रभावलाई घटाउने तरिकाहरु खोज्दै हुनुहुन्छ?
• छुट सहुलियत कार्यक्रमका लागि योग्य हुनुहुन्छ?
• आफ्नो पानीको बिललाई व्यवस्थापन गर्न सहायता खोज्दै हुनुहुन्छ?

अंग्रेजी तपाईंको पहिलो भाषा होइन? अन्य थुप्रै भाषाहरुमा पनि तपाईंको उत्तम समाधानका उपायहरु खोज्न सक्नुहुन्छ ।

भुक्तानीका विकल्पहरु

तपाईंलाई उत्कृष्ट रहन सहयोग गर्दै


के तपाईंलाई पानी तथा ढलनिकासका बिल भुक्तानीलाई व्यवस्थित बनाउनुपर्ने आवश्यकता छ ? आफूलाई उपयुक्त हुने समाधानको खोजी गर्नुहोस् :

• तपाईंको बिल स्वचालित रुपमा तिरियोस् भन्ने चाहनुहुन्छ?
• त्रैमासिक बिल तिर्न थप म्याद आवश्यक छ?
• किस्ताबन्दी रुपमा तिर्न चाहनुहुन्छ?
• Centrelink सुविधा लिनु हुन्छ?

तपाईं Yarra Valley Water को वेबसाइट पनि हेर्न सक्नुहुन्छ ।

अझै पनि समस्या यथावत छ ? हाम्रो टोलीसँग कुरा गर्नुहोस् ।

हाम्रो ग्राहक सहायता टोली तपाईंलाई मद्दत गर्नका लागि हो । हामीलाई थाहा छ, सबैको जीवन परिस्थितिअनुसार परिवर्तन हुन सक्छ जसले कहिलेकाहीँ आर्थिक कठिनाइतिर उन्मुख गराउँछ । गोप्य कुराकानीका लागि हामीलाई 1800 637 316 मा फोन गर्नुहोस् ।

बजेटमा सहायता

डाईरेक्ट देबिट

उल्झनबाट बच्न र समय बचाउन आफ्नो बैंक खाताबाट सीधै पानीको बिल तिर्नुहोस् (डाईरेक्ट देबिट) । हरेक त्रैमासिक अवधिमा वा किस्ताबन्दी रुपमा तिर्ने तरिका छान्नुहोस् । कृपया याद राख्नुहोस् प्रत्यक्ष बिल भुक्तानी बैंक वा ऋण मिलान खातासँग जोडिएको हुनु पर्छ । हामी क्रेडिट कार्डलाई मान्यता दिँदैनौं ।

भुक्तानी म्याद थप

के तपाईंको भुक्तानी समस्या छोटो समयको हो ? आफ्नो त्रैमासिक किस्ताबन्दी भुत्तानीको अवधि थपी म्याद थप्नका लागि अनुरोध गर्नुहोस् ।

यो कुरा लागू गर्न, आफ्नो खातासम्बन्धी विवरणहरु तयार गरिराख्नुस् र हामीलाई 1300 362 332 मा फोन गर्नुहोस् ।

SmoothPay

आफूलाई उत्तम हुने भुक्तानी योजना बनाउनुहोस्

Yarra Valley Water को भुक्तानी तथा बजेट निर्धारण औजार SmoothPay हो जसले तपाईंलाई पानीको बिल भुक्तानी गर्न पाक्षिक वा मासिक अवधि प्रदान गर्दछ । यसको अर्थ हो त्रैमासिक बिलले तपाईं घरपरिवारमा पार्ने प्रभावलाई कम गर्न वर्षभरिमा तपाईंले साना र सधैँजसो भुक्तानी गर्नुहुन्छ ।

पानीको बिलको नियन्त्रण तपाईंलाई सहभागी गराउँदै

SmoothPay प्रयोग गर्न छिटो, सजिलो र निःशुल्क छ र यसले तपाईंको वार्षिक बिलमा कुनै थप शुल्क लाग्दैन ।

लागू गर्न, तलका बुँदा पालना गर्नुहोस्ः
• 1800 994 789 मा फोन गरेर ग्राहक सेवा परामर्शदातालाई सम्पर्क गर्नुहोस्
• पाक्षिक वा मासिक भुक्तानी अवधि रोज्नुहोस्
• सीधै डेबिट, क्रेडिट कार्ड वा BPAY बाट तिर्ने तरिका रोज्नुहोस् ।

किनकि सम्पूर्ण सावधानी अपनाई तयार गरिएको बजेटमा पनि त्रैमासिक बिलको चपेटा अनुभव हुन्छ– विशेषगरी धेरैजसो बिलहरु एकैपटक तिर्न पर्छ ।

सहुलियत

सुहलियत कार्डबाट बचत गर्नुहोस्

के तपाईंसँग सक्रिय पेन्सन वा सहुलियत कार्ड छ? यदि तपाईंको प्रमुख बसोबास स्थानका लागि दावी गरिएमा पानी र ढलनिकाल शुल्कमाथि सहुलियत प्राप्त गर्न सक्नु हुनेछ । यसको अर्थ हो तपाईंको त्यो कार्डमा भएको नाम र ठेगाना पानीको खातामा पनि दुरुस्त एउटै हुनुपर्नेछ ।

के तपाईं यसका लागि योग्य हुनुहुन्छ?

योग्य कार्डमा तलका कार्डहरु पर्छन्ः
• Centrelink पेन्सन सहुलियत कार्ड
• Centrelink स्वास्थ्य हेरचाह कार्ड
• Department of Veterans’ Affairs को पेन्सन सहुलियत कार्ड वा Department of Veterans’ Affairs को सबै अवस्थाहरुका लागि मान्य हुने Gold Repatriation स्वास्थ्य कार्ड ।

यदि तपाईं योग्य हुनुहुन्छ भने Yarra Valley Water खातामा सहुलियत अनुरोध गर्न यहाँ क्लिक गर्नुहोस् । हामीलाई 1300 304 688 नम्बरमा फोन पनि गर्न सक्नुहुन्छ, कृपया आफ्नो कार्ड तयार राख्नुहोस् ।

यदि तपाईंसँग सहुलियत कार्ड छैन, तर तपाईं यसका लागि योग्य हुनुहुन्छ भन्ने लागेमा, सम्पर्क गर्नुहोस्:
• Centrelink - फोन 13 1021
• Department of Veteran's Affairs - फोन 03 9284 6000

तपाईंको सहुलियत कार्डबाट के बचत उपलब्ध हुन्छ ?

पानी तथा ढलनिकास सहुलियतबाट यो सम्बन्धी शुल्कमा वार्षिक रुपमा अधिकतम 50 प्रतिशत सम्म छुट उपलब्ध हुन्छ । 2018/19 का लागि यो छुट रकम $320.90 छ ।

यदि तपाईंलाई कुनै एउटा मात्र सेवाका लागि शुल्क लिइन्छ भने, जस्तैः पानीको मात्र, तपाईंले पानीको शुल्कमा50 प्रतिशत सम्म अधिकतम $160.45 रकमको छुट प्राप्त गर्नुहुनेछ ।

आवासीय पानी तथा ढल निकासको महसुल बिल कसरी पढ्ने?